संवैधानिक राजतन्त्र र हिन्दु राज्य बन्यो राप्रपा एकतामा बाधक

१९ भाद्र २०६९, मंगलवार ०६:३० मा प्रकाशित

काठमाडौं, १९ भदौ । केही वर्षअघिदेखि चल्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा जनशक्ति र राप्रपा नेपालबीच नजिक पुगिसकेको भनिउको एकीकरण प्रक्रिया फेरि खल्बलिएको छ । यसपटक एकता भएरै छाड्छ भन्ने सम्बन्धित तीनै पार्टीका नेताहरुको दाबीविपरित एकता वार्त प्रक्रिया भांडिन पुग्नुमा संवैधानिक राजतन्त्र र हिन्दू राज्य विषय वाधक बनेको बुझिएको छ । पार्टी एकताका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापाले ती विषयहरुमा सम्झौता गर्न नसकिने अडान राख्दै आएका छन् भने अन्य दुई राप्रपाका शीर्ष नेतृत्वले वर्तमान अन्तरिम संविधानको परिधिमा रहेर एकता गरिनुपर्ने तर्क गर्दैआएको छ । सोमबारको वार्तामा उल्लेखित विषयमा दुबैपक्षले आआफ्नो अडान नछोडेपछि कमल थापाले वार्ता नै त्यागेर हिंडेका थिए । बुझिएअनुसार राजपा अध्यक्ष सूर्यबहादुर थापा र राप्रपा अध्यक्ष पशुपति शमशेर जबरा संवैधानिक राजतन्त्रको विपक्षमा विशेष रुपमा प्रस्तुत हुंदै आएका छन् । दक्षिणी छिमेकीको विशेष अरोटअनुसार उनीहरु त्यस सोचमा रहेको सुत्रको दाबी छ । अन्तरिम संविधान ०६३ बमोजिम मात्रै महाधिवेशनमा प्रस्ताव लग्न सकिने सहमति बहुमतले पास भएपछि थापाले एकता वार्ता बहिष्कार गरेपछि पार्टी एकीकरणको सम्भावना हालका लागि टरेको बताइएको छ ।
तीन पूर्व पञ्चहरुको दलवीच आइतवारबाट राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यवहादुर थापाको निवास मालिगाउँ चलेको एकता वार्तामा यसअघि भएको सहमति बहुमतले पारित भएपछि त्यसप्रति असहमति जनाउँदै राप्रपा नेपालका अध्यक्ष थापाले सोमवार वार्ता बहिष्कार गरेका हुन् । राजतन्त्र लगायतका सवै मुद्दाहरु महाधिवेशनमा लगेर टुंग्याउनुपर्ने कमल थापाको प्रस्तावलाई भने राजपा र राप्रपाले अस्वीकार गरे । राजपा र राप्रपाले भने अन्तरिम संविधान ०६३ विपरित गए जनताको आन्दोलनबाट प्राप्त उपलब्धीहरु गुम्ने भएकाले कमल थापाको प्रस्ताव आफूहरुलाई अस्वीकार्य रहेको बताएका छन् ।
थापाले वैठक बहिष्कार गरे पनि राप्रपा नेपालका लागि पार्टी एकताको ढोका खुला रहेको र राप्रपा राजपा एकता प्रक्रियाचाहिं जारी रहने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय