प्रधानमन्त्री विरुद्ध वैद्य पक्षले सडक आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै

४ चैत्र २०६८, शनिबार ०३:०६ मा प्रकाशित

काठमाडौ, ४ चैत । सत्तारूढ दल एकीकृत नेकपा माओवादीका असन्तुष्ट पक्षले आज सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वमा सरकार गठन भएदेखि नै विपक्षमा रहेको वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले पत्रकार सम्मेलन गरी सडक सङघर्षको कार्यक्रम जारी गर्ने तयारी गरेको छ । दिउँसो १२ बजे काठमाडौंका लाजिम्पाटमा रहेको होटल र्याडीसन पत्रकार सम्मेलन गरी सडक सङ्घर्षको कार्यक्रम घोषणा गर्न लागेको सचिव सीपी गजुरेलले जानकारी दिए । आफ्नै पार्टीका उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा माग्दै आएको वैद्य पक्षले शान्ति, संविधान लेखन, राष्ट्रियता र जनजीविकाका लागि आन्दोलन गर्न लागेको जनाएको छ । आफ्नै पार्टी नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्न नसकेको, राष्ट्रियहीत विपरीत विभिन्न सम्झतौहरू गर्दै आएको  र लडाकु समायोजनमा कमजोर अडान प्रस्तुत गरेको वैद्य पक्षको आरोप छ । सरकार विरुद्धमा वैद्य पक्ष फेरि सडक सङ्घर्षमा जान लागेपछि संस्थापन पक्षले प्रतिकार गर्ने मानसिकता बनाएको छ । अलग अलग खेमामा नेता विभक्त भएपछि माओवादीमा पार्टी अन्तरसङ्घर्ष फेरि चर्कने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको