नेकपा प्रमुख सचेतकबाट देव गुरुङ बर्खास्त, ओलीद्वारा भट्टराईलाई नियुक्त

भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन् । खोटाङबाट दुईपटक निर्वाचित सांसद भट्टराई नेकपा केन्द्रीय सदस्य पनि हुन् ।
१४ फाल्गुन २०७७, शुक्रबार १६:२९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरी खोटाङबाट निर्वाचित भट्टराईलाई प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।

भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन् । खोटाङबाट दुईपटक निर्वाचित सांसद भट्टराई नेकपा केन्द्रीय सदस्य पनि हुन् । अनेरास्ववियूको राजनीतिबाट उदाएका उनी २०५१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियू सभापति निर्वाचित भएका थिए ।

विधानअनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोनयन गर्ने व्यवस्था नेकपामा छ । पार्टी विभाजनले कानुनी मान्यता नपाइसकेको अवस्थामा विधिवत्रुपमा नेकपाको संसदीय दल एउटै रहेको छ । सो दलबाट प्रमुख सचेतक गुरुङ र सचेतक शान्ता चौधरी थिए । चौधरी सचेतकमा यथावत रहेको उपनेता नेम्वाङले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न