“सन्तानहरु प्रति” -कोमल भट्ट

१९ भाद्र २०६९, मंगलवार ०६:१२ मा प्रकाशित

तिमि !
यस धर्तीमा पदार्पण गरेको दिन ,
हाम्रो आगनको रौनकता बढाएको दिन,
हाम्रो स्वप्ना साकार बनाएको दिन l
त्यो दिन !
खुसि र हर्षले फुरुङ्ग भएका थियौं हामी,
फूल पनि समाएका थिएनौ हामीले ,
स्वर्गीयताको अनुभूति भएको थियो हामीलाई l

अनगिन्ति खुसि बोकेर आयौ तिमी l
प्रेम र आनन्दको बाढी बनेर आयौ तिमी l
सुख र सन्तुष्टिको प्रतिक भएर आयौ तिमी l
सबैको लागि अपूर्व मुस्कान बनेर आयौ तिमी l
अनि,
आशा र अभिलाषाको ज्योति पुन्जको रूपमा,
मीठो परिकल्पना र स्वप्नालाई,
साकार पार्न भनेर आयौ तिमी l
अंतरदिल भित्रको रिक्ततालाई,
परिपूर्ति गर्दै आयौ तिमी l
एउटा समुज्वल आकाश भएर आयौ तिमी l

तिमीलाई गाँस काटेर खुवायौं हामीले,
आफ्नै तन काटेर हुर्कायौ हामीले l
पातलो सिँगान आउँदा पनि,
सयौं पटक अस्पताल पुरायौं हामीले l
तिमी बिरामी हुँदा, हामी बिरामी भएका हुन्थ्यौं ,
तिम्रो रोदनसंगै हामी पनि रोएका हुन्थ्यौं l
तिम्रो पीडासंगै हामी पनि छटपटाइ रहेका हुन्थ्यौं l
तिमीलाई सन्चो हुँदा हामी हर्षले बिभोर हुन्थ्यौं l

तिम्रो प्रेममा त हामी बाँचेका थियौं ,
तिम्रो हाँसोमा त हामी हाँसेका थियौं ,
तिम्रो बामेसराइले हामीलाई ,
स्वर्गको आनन्द भन्दा बढी आनन्द दियो ,
तिम्रो तोते बोलीले हामीलाई ,
धर्तिको सम्पूर्ण सुख नै ओइरो लगाइदियो l
तिम्रो एक मुस्कानले हामीलाई ,
धर्ति भरिकै सम्बृद्धिशाली बनाइ दियो l

तिमीले पेटभरी खाएर अघाएको दिन,
आफ्नो पेट भरिएको भन्दा पनि बढ़ी हुन्थ्यो l
तिमी एकपल्ट प्रफुल्ल बनि दिंदा पनि ,
आफूलाई संसारभरिको भाग्यमानी जस्तो लाग्थ्यो l
आफ्नो काखमा खुसीले लुटपुटिदा तिमी,
संसारको सबैभन्दा वैभवशाली व्यक्ति जस्तो लाग्थ्यो l
तिमी आनन्दले निदाए मात्रै पनि,
असीमित सन्तुष्टिले पुलकित बनाउथ्यो l

तिम्रो प्रगति र उन्नतिको लागि ,
रातोदिन संघर्ष गरिरह्यौं हामीले l
तिम्रो समुन्नत भविष्यको लागि ,
हरपल पसिना बगाई रह्यौं हामीले l
तिम्रो खुसी र आनन्दको लागि ,
कयौं रात निन्द्रा बिर्सिदियौं हामीले l
तिम्रो सफलताको कल्पनामा ,
खुसीले उफ्रेर आकाश छुन पुग्यौं हामीले l

तिमीलाई सबैभन्दा असल बनाउने रहर हाम्रो,
सबै भन्दा राम्रो व्यक्ति बनाउने चाहना हाम्रो ,
नैतिकवान र चरित्रबान बनाउने अभिलाषा हाम्रो ,
संसारकै खुसि र सफल मान्छे बनाउने आशा हाम्रो l
अत्यन्तै उत्कृष्ट र सुयोग्य भरोषा पाउने ,
मीठा मीठा परिकल्पनाको सुन्दर स्वप्ना हाम्रो l
तिमीले आफ्नो बाटो बिरायौ भने,
कति आँशु ओइरिन्छन् होला त हाम्रो ?
तिमीले हामीलाई बुझ्न सकेनौ भने ,
कति छाती चिरिन्छ होला त हाम्रो ?
हाम्रो आशा भरोषामा तुषारापात भयो भने ,
कति भक्कानिन्छौँ होला त हामी ?
हाम्रो रहरले धोका पायो भने ,
कति बिचलित हुन्छौं होला त हामी ?
हाम्रो मायाले बिश्वासघात पायो भने ,
इक्षा आकांक्षाहरु चकनाचूर भए भने ,
कति मन दुखाएर बसौंला त हामी ?

तर तिमीहरु हाम्रो प्राणभन्दा प्रिय हौ ,
हाम्रो स्पन्दन हौ,स्वास-प्रस्वास हौ l
तिमीहरुलाई,
हाम्रो हृदयभरिको शुभकामना रहने छ l
मुटु भरि भरिको मायाँ र प्रेम रहनेछ l
संसारभरी कै सुख र सफलताको कामना हुनेछ l

तिमीहरु हाम्रो मुटुका टुक्रा हौ,
हाम्रो मुटुलाई भन्दा बढ़ी मायाँ दिएका छौं l
यो अविरल माया,यो निरन्तर माया ,
जीवनभर मात्र नभएर,
मृत्यु पश्चात पनि रही रहनेछ l
तर कहिल्यै बाटो नविराऊ ,कुमार्ग नसमाऊ l
हरपल हाँसो र खुसी प्राप्त गरेर ,
सुस्वास्थ्य र दीर्घायु जीवन बिताउंदै जाऊ l
यहि नै हाम्रो आशिर्वाद हुनेछ ,
हाम्रो अबसान पछी पनि ,
अन्तर आत्माले यही भनिरहनेछ ,
यही भनि रहनेछ l
—–कोमल भट्ट
पुरानो नैकाप ,काठमाडौँ l
(हाल:- न्युयोर्क-USA )
September 2,2012
( रविबार, भाद्र १७,२०६९ )

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने