ईयूमा ‘भ्याक्सिन पासपोर्ट’ चलाउन आग्रह

प्रस्तावमा खोप लगाइसकेकाले त्यसको प्रमाण देखाएका आधारमा युरोपभरि बिना रोकतोक घुम्न पाउने उल्लेख छ । भ्याक्सिन पासपोर्ट लागू गर्नेमा सहमति भने जुट्न बाँकी छ । फ्रान्स र जर्मनीले त्यस्तो प्रमाणपत्र अहिलेका लागि अपरिपक्व हुने बताएका छन् । खोप लगाएको व्यक्तिले भाइरस लिएर हिँड्न सक्ने तथा उसले अरूलाई भाइरस सार्न सक्ने वा नसक्नेबारे स्पष्ट नभएकाले पासपोर्ट व्यवहारिक नहुने उनीहरुको भनाइ छ ।
१४ फाल्गुन २०७७, शुक्रबार १३:३७ मा प्रकाशित

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले ईयूका अन्य सदस्य राष्ट्रलाई भ्याक्सिनेसन पासपोर्ट स्वीकार्न आह्वान गरेका हुन् ।

यो पासपोर्टको प्रयोगले महामारीका कारण जर्जर बनेको युरोपको पर्यटन उद्योग उकासिने अपेक्षा गरिएको छ । दुबै देशले युरोप यात्रा गर्नका लागि एउटा प्रमाणपत्र जस्तै खोप लगाएको प्रमाणित हुने कागजलाई अनुमति दिन प्रस्ताव गरेका हुन् ।

प्रस्तावमा खोप लगाइसकेकाले त्यसको प्रमाण देखाएका आधारमा युरोपभरि बिना रोकतोक घुम्न पाउने उल्लेख छ । भ्याक्सिन पासपोर्ट लागू गर्नेमा सहमति भने जुट्न बाँकी छ ।

फ्रान्स र जर्मनीले त्यस्तो प्रमाणपत्र अहिलेका लागि अपरिपक्व हुने बताएका छन् । खोप लगाएको व्यक्तिले भाइरस लिएर हिँड्न सक्ने तथा उसले अरूलाई भाइरस सार्न सक्ने वा नसक्नेबारे स्पष्ट नभएकाले पासपोर्ट व्यवहारिक नहुने उनीहरुको भनाइ छ ।

यस्तो राहदानीले सीमित व्यक्तिलाई मात्र विदेश यात्रा गर्न दिने भएकाले भेदभावपूर्ण हुने चिन्ता पनि प्रकट गरिएको छ । ग्रीस र इजरायलले अहिले नै डिजिटल खोप प्रमाणपत्र दिएका छन् ।

डेनमार्क र स्वीडेनले पनि त्यस्तै प्रमाणपत्र विकास गर्नेबारे कुरा गरिरहेका छन् । भविष्यमा एकखाले ग्रीन भ्याक्सिनेसन सर्टिफिकेट आवश्यक हुनसक्ने कुरामा युरोपका अधिकांश देशहरू सहमत छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न