आकस्मिक मन्त्रिपरिषद् बैठक डाकियो संसद् अधिवेशन आह्वान गर्ने सम्भावना

१४ फाल्गुन २०७७, शुक्रबार १३:३१ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको हो । स्रोतका अनुसार बैठकले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना छ । सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा विघटनको कदम बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन भनेको थियो । ओली समूहको बुधवार बसेको स्थायी कमिटी बैठकले संसद् अधिवेशन आह्वान गर्ने निर्णयसमेत गरिसकेको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र विहीबार बस्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न