मान्छे बित्यो कहिले–कहिले भत्ता बुझ्दैछन् अहिले

१९ भाद्र २०६९, मंगलवार ०६:०७ मा प्रकाशित

छविलाल बगाले, १९ भदौ । लमजुङमा कार्यरत एक गाविस सचिवले सरकारद्वारा वितरण हुने सामाजिक भत्ता वितरणमा अनियमितता गरेको खुलासा भएको छ । उत्तरी लमजुङको खुदी गाउंविकास समितिका सचिव एवं अध्यक्ष गोविन्द बहादुर राउतले सरकारद्वारा वितरण हुंदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता गरेको भन्दै स्थानिय राजनैतिक दल, नागरिक समाज तथा उद्योग व्यवसायीहरुले जिल्ला प्रशासनमा उजुरी दिएका छन् ।
सचिव राउतले सरकारद्वारा प्रदान गर्ने जेष्ठ नागरीक, अपाङग, एकल महिला र दलित बालबालिकाको पोषण भत्ता लक्षित वर्गसम्म नपुरयाई किर्ते भरपाई पेशगरी रकम हिनामिना गरेको बताईएको छ । स्थानियहरुले सचिवले किर्ते गरी रकम हिनामिना गरेकाले आवश्यक खोज अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडी बढाउन जिल्ला प्रशासनसंग अनुरोध गरेका छन् ।
सचिवले ०६७ सालमा मृत्यु भएका वीरबहादुर तामाङको नाममा अझैपनि भत्ता बुझेर लिने गरेको स्थानियहरु ब्ताउंछन् । यसैगरी मिनबहादुर तामाङ, विलबहादुर गुरुङ, गौसरी गुरुङ, पूर्णकुमारी गुरुङ लगायतको नाममा दोहोरो भत्ता बुझेको र टेकबहादुर तामाङ, जगमाया गुरुङ, सोम बहादुर गुरुङको भरपाई गरी रकम बुझेपनि गाविसमा भने उनिहरुको नाम नभेटिएको बताइएको छ । यस्तैगरी दलित बालबालीकाहरु समिर सार्की, समिक्षा सार्की, यविना मिजार, भुवन मिजार लगाएत २३ जनाको पोषण भत्ता नदिई सचिवले अनियमितता गरेको स्थानियहरुले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले सचिवका विषयमा उजुरी परेकाले सत्यतथ्य छानविन गर्ने बताउँदै प्रजिअ भण्डारीले यदि सचिवले अनियमितता गरेको पुष्टी भएमा कानुनी कारबाही गरीने बताएका छन् । यता स्थानिय विकास अधिकारी विष्णुदत्त गौतमले आवश्यक छानविन गरी बदमासी गरेको पाइएमा नियम कानुन बम्मोजिम कार्बाही गरिने बताएका छन् । तर सचिव राउतले भने जिविसबाट ल्याएको सामाजिक भत्ता वितरण गर्न बाकी रहेको बताए । उनले जिल्ला विकास समितिको एमसीएफ फेल नहोस भनेर भरपाई पेश गरेको भएपनि भत्ता वितरण गर्न भने बांकी रहेको बताएका छन् । गाविस ठूलो भएको र कार्यलय सहायक पनि नभएकोले सबै काम आफु एक्लै गर्नुपर्ने भएकोले भत्ता वितरणमा ढिलाई भएको उनको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित