नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर अज्ञात ठाउँमा लगियो

राष्ट्रपति पुटिनका कडा आलोचक नाभाल्नीलाई दोषी ठहर गर्ने आदेशलाई राजनीतिक प्रतिशोध मानिएको छ । उनलाई पक्राउ गरिएकोमा समेत अन्तर्राष्ट्रिय समुदायले विरोध गर्दै आएका छन् ।
१४ फाल्गुन २०७७, शुक्रबार ०८:२७ मा प्रकाशित

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई मस्कोको जेलबाट निकालेर अज्ञात ठाउँमा लगिएको हो ।

नाभाल्नीका सहयोगीका अनुसार उनलाई कहाँ लगिएको हो भन्नेबारे केही जानकारी दिइएको छैन । उनलाई भ्रष्टाचारको अभियोगमा तीन बर्षको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति पुटिनका कडा आलोचक नाभाल्नीलाई दोषी ठहर गर्ने आदेशलाई राजनीतिक प्रतिशोध मानिएको छ । उनलाई पक्राउ गरिएकोमा समेत अन्तर्राष्ट्रिय समुदायले विरोध गर्दै आएका छन् ।

अघिल्लो वर्ष उनलाई साइबेरियामा रुसी एजेन्टहरुले विष प्रयोग गरेर हत्या प्रयास गरेका थिए । बेहोस अवस्थामै उनलाई जर्मनी लगेर उपचार गरिएको थियो । उपचारपछि स्वदेश फर्कने क्रममा उनलाई विमानस्थलवाटै पक्राउ गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न