दाहाल–नेपाललाई जसपाको प्रश्न– ‘तपाईहरुको पार्टी कुन हो ?’

बैठकमा जसपाको तर्फबाट प्रचण्ड–नेपाललाई पहिलो प्रश्न नै ‘तपाईहरुको कुन पार्टीको हो ?’ भनेर सोधेका थिए । बैठकपछि जसपाका नेता राजेन्द्र महतोले भने, ‘हामीले तपाईहरु कुन पार्टीको हो ? भनेर सोध्यौं । आधिकारिक पार्टी त चाहियो नि ।’
१३ फाल्गुन २०७७, बिहीबार १५:५९ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि पार्टी कार्यालय पेरिसडाँडामा जनता समाजवादी पार्टी (जसपा) को नेताहरुसँग छलफल गरेका छन् ।

छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए । बैठकमा नेकपा अध्यक्षद्वय दाहाल–नेपालले राजनीतिक परिस्थिति र सहकार्य गरेर अघि बढ्ने विषयमा बोलेका थिए ।

बैठकमा जसपाको तर्फबाट प्रचण्ड–नेपाललाई पहिलो प्रश्न नै ‘तपाईहरुको कुन पार्टीको हो ?’ भनेर सोधेका थिए । बैठकपछि जसपाका नेता राजेन्द्र महतोले भने, ‘हामीले तपाईहरु कुन पार्टीको हो ? भनेर सोध्यौं । आधिकारिक पार्टी त चाहियो नि ।’

नेकपाको पार्टी आधिकारिकताको विवाद नटुंगिएका कारण जसपाले प्रचण्ड–नेपाललाई यस्तो प्रश्न उठाएका थिए । बैठकमा दाहालले आफूहरु नै आधिकारिक रुपमा नेकपा भएको बताएका थिए ।

बैठकमा विगतमा संविधान संशोधनका सवालमा कांग्रेस, एमाले, माओवादीसित भएका सम्झौता कार्यान्वयन, बन्दी रिहाई लगायतका विषयमा आफ्नो पार्टीको तर्फबाट भनाइ राखिएको नेता महतोले जानकारी दिए ।

दाहाल–नेपालले राखेको प्रस्तावहरुका बारेमा पार्टीमा छलफल गरिने पनि उनले जानकारी दिए । सहकार्य गर्ने विषयमा छलफल गर्न बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार