दाहाल र गौतमबीच भेट: पार्टी एकता जोगाउन वामदेवको आग्रह

१३ फाल्गुन २०७७, बिहीबार १५:२७ मा प्रकाशित

काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा दाहाल र गौतमबीच बिहीबार बिहान करिब एक घण्टा भेटवार्ता भएको हो ।

गौतमले दाहालसँग पार्टी एकतालाई जोगाउनका लागि पहल गर्न अनुरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गैर संवैधानिक प्रतिनिधिसभा विघटन गर्ने कार्यको अदालतले दण्डित गरेकाले नेकपाको एकता कायम गर्न दाहाललाई नेतृत्व लिन गौतमले प्रस्ताव गरेका छन् ।

उनले अझै पनि पार्टी एकता गराउन सम्भव भएकाले विभाजनको मानसिकता छाड्न पनि आग्रह गरेको बुझिएको छ । जवाफमा नेकपा अध्यक्ष दाहालले भने ओलीसँग तत्कालै सहकार्य सम्भव नभएको बताएका छन् । उनले गैर संवैधानिक कदममा क्षमा माग्दै प्रधानमन्त्री ओलीले राजीनामा दिएमा भने छलफलको वातावरण बन्न सक्ने जानकारी गौतमलाई गराएको बताइएको छ ।

प्रतिनिधिसभा विघटनसँगै नेकपा दुई भागमा विभाजित भएपनि गौतम कुनै समूहमा लागेका छैनन् । उनले देशव्यापी रुपमा एकता अभियान सञ्चालन गरिरहेका छन् । यसअघि गौतमले सर्वोच्च अदालतले प्रतिनिधसभा विघटनको निर्णय बदर गरेसँगै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन तथा दाहाल-नेपाल समूहलाई सचिवालय बैठक डाक्न आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार