दाहाल-नेपाल समूह र जसपाबीच छलफल

नेकपाको कार्यालय पेरिसडाँडास्थित कार्यालयमा भएको छलफलमा संसदमा सहकार्य गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।छलफलमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाल र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए ।
१३ फाल्गुन २०७७, बिहीबार १२:०९ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

नेकपाको कार्यालय पेरिसडाँडास्थित कार्यालयमा भएको छलफलमा संसदमा सहकार्य गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।छलफलमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाल र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए ।

प्रधानमन्त्री ओलीको संसद विघटनविरुद्ध एकै ठाँउमा उभिएकाले संसदमा पनि सहकार्य गर्न नेकपाले जसपालाई प्रस्ताव गरेको छ । अब नयाँ बन्ने सरकारमा सहभागी हुन जसपालाई नेकपाले प्रस्ताव गर्ने तयारी समेत गरेको छ ।

जसपाले भने संविधानमा रहेका आफ्ना असहमति सम्बोधन गर्ने सर्तमा नेकपाको दाहाल-नेपाल समूहसँग कार्यगत एकता हुनसक्ने आश्वासन दिएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना भइसकेपछि दाहाल-नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीब्र पारेको छ । प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद छन् । तिमध्ये दुई जना निलम्बनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न