टर्कीमा एक विमान सञ्चालक र दुई पाइलट जेल चलान

१३ फाल्गुन २०७७, बिहीबार ०८:५७ मा प्रकाशित

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९ मा जापानमा भएको मानव तस्करीसम्बन्धी घटनामा संल्गन भएको आरोपमा विमान सञ्चालकसहित पाइलटलाई जेल सजाय सुनाइएको हो ।

यस्तै घटनामा संलग्न दुई जना पाइलटलाई भने प्रवासी कामदार तस्करीमा संलग्न भएको पुष्टि नभएको भन्दै अदालतले क्लीनचिट दिएको छ ।

सन् २०१८ मा टोकियोमा दुराचारसम्बन्धी आरोपमा पक्राउ परेका घोसेनको मुद्दामा संलग्न भएको आरोप प्रमाणित भएपछि तीन जनालाई कारागार चलान गरीएको हो ।

पक्राउ परेका ती नागरिकलाई निजी विमानमार्फत ओसाकाबाट टर्की पठाइएको थियो । विभिन्न विवादास्पद घटनामा संलग्न भएको आरोप लागेका फ्रान्सेली, लेबनानी र ब्राजिलको नागरिकता पाएका घोस्नले २० वर्षअघि जापानमा निशान मोटरको उत्पादन सुरु गरेका थिए ।

घोस्नेलाई व्यक्तिगत लाभका लागि कम्पनीको सम्पति दुरुपयोग गरेको क्षतिपूर्तिसम्बन्धी कानुन उल्लंघन गरेको आरोपसमेत लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार