म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी

१३ फाल्गुन २०७७, बिहीबार ०८:५० मा प्रकाशित

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो लेगको खेलमा स्पेनको रियाल मड्रिडले इटालीको एटलान्टालाई १–० ले हरायो ।

एटलान्टालाई उसैको मैदानमा पराजित गर्न रियाल मड्रिडका फर्लान्ड मेन्डीले ८६ औं मिनेटमा निर्णायक गोल गरे । गएराति भएको दोस्रो खेलमा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले जर्मनीको बोरुसिया एम्ब्याचलाई २–० ले पराजित ग-यो ।

सिटीका लागि बर्नार्डो सिल्भा र ग्याब्रियल जिससले एक एक गोल गरे । पछिल्लो समय निकै उत्कृष्ट फर्ममा रहेको म्यान्चेस्टर सिटीको यो लगातार १९ औं जित हो ।

गएरातिका खेलहरुपछि युएफा च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिन अन्तर्गत पहिलो लेगका सबै ८ खेल सकिएका छन् । दोस्रो लेगका खेलहरु मार्च १० तारिखदेखि हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित