१५ गाडी अनुसन्धान गर्दा १२ वटा नक्कली

१९ भाद्र २०६९, मंगलवार ०६:०६ मा प्रकाशित

चन्द्रकान्त खनाल /रुपन्देही, १९ भदौ । ईलाका प्रहरी कार्यालयले शंकासपद १५ गाडी अनुसन्धान गर्दा १२ वटा नक्कली प्रमाणित भएको प्रहरीले जनाएको छ । डेढ महिनायता प्रहरीले बुटवल बजार क्षेत्रमा शंकासपद गाडीलाई आफ्नो नियन्त्रणमा लिएर छानविन गरेको ईलाका प्रहरी कार्यालयका ईन्सपेक्टर रामेश्वर कार्कीले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको हो । ती गाडीहरुले बिनाअनुमति इन्जिन तथा चेसिस परिवर्तन गरेका थिए । प्रायजसो भाडामा सञ्चालन गर्ने गाडीहरु रहेको पनि कार्कीले जानकारी दिनुभयो ।
त्यसरी पक्राउ गरिएका गाडीहरु भे १ च ४१०, लु १ च १७३०, लु १ ज १०१९ नंम्बरका गाडीले इञ्जिन र चेसिस दुवै परिवर्तन गराएका र लु १ ज ७७४, लु १ च १६७३, लु १ ज १२९, लु १ ज ९२, लु १ ज ३०८५, लु १ ज १८७६, ग १ च २४८४, लु १ ज ५५७ र लु १ ज २०९४ नम्बर का गाडीले चेसिज परिवर्तन गरी सञ्चालन गरिएको पनि उहाँले जानकारी दिनुभयो । ति गाडीलाई तत्कालै भन्सार चलान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा