प्रचण्ड-नेपाल नेकपाको संसदीय दलको बैठक अनौपचारिक

सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी गरेसँगै प्रचण्ड नेपाल नेकपा उत्साहित भएको छ । नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएको छ । धेरै सांसदहरु काठमाडौं बाहिर भएका कारण सबैको उपस्थिति हुन नसकेको नेकपाले जनाएको छ ।
१२ फाल्गुन २०७७, बुधबार १७:०२ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विकसित नयाँ राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सांसदहरुलाई जानकारी गराएका छन् ।

सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी गरेसँगै प्रचण्ड नेपाल नेकपा उत्साहित भएको छ । नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएको छ । धेरै सांसदहरु काठमाडौं बाहिर भएका कारण सबैको उपस्थिति हुन नसकेको नेकपाले जनाएको छ ।

सबै सांसदहरुको उपस्थिति भएपछि संसदीय दलको औपचारिक बैठक बस्ने बताइएको छ । सरकारले प्रतिनिधि सभा विघटन गरेकै दिन प्रचण्ड–नेपाल पक्षका ९० जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री ओली विरुद्ध संघीय संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ती मध्ये केही सांसदहरु ओली पक्षमा लागेका छन् । तर, प्रतिनिधिसभा पुनर्स्थापित भैसकेका कारण ओली समुहमा रहेका केही सांसद आफ्नो समुहमा आउने प्रचण्ड नेपाल नेकपाले दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार