चितवन कांग्रेसमा विकासले गरे बखेडा

१९ भाद्र २०६९, मंगलवार ०५:५७ मा प्रकाशित


चितवन, १९ भदौ । गत १५ गते सम्पन्न विशेष अधिवेशन तथा निर्वाचनबाट गठित कार्यसमितिले पदभार ग्रहण गरेको छ। सोमबार नवगठित कार्यसमितिले काम सुरु गरेलगत्तै पूर्वसभापति विकास कोइरालाले नयाँ कार्यसमितिको विरोध सुरु गरेका छन्। सभापति टेकप्रसाद गुरुङसहित नवगठित कार्यसमितिका सवै पदाधिकारी र सदस्यले पार्टी कार्यालय कमलनगरमा सोमबार मध्याह्न पदभार ग्रहण गरे। त्यसको लगत्तै रेडक्रस चितवनको सभा हलमा पत्रकार सम्मेलन गर्दै विकासले सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचन बहिस्कार गरेको हुँदा त्यसबाट निर्वाचित सभापतिलाई आफूले नमान्ने घोषणा गरेका छन्। यसरी चार वर्षका लागि चयन भएको कार्यसमिति आपसी मतान्तरका कारण दुई वषैमै भंग भएर निर्वाचनपछि नयाँ कार्यसमिति गठन भए पनि चितवन कांग्रेस विवाद सुल्झनुको साटो बल्झने संकेत मिलेको छ । दुई वर्षअघि विकासको नेतृत्वमा गठित कार्यस मितिलाई केन्द्रीय समितिले असार पहिलो साता विघटन गरेको थियो। गत वर्ष एमाले निकट युवा सञ्जय लामाको हत्यामा संलग्न आशंकामा चितवन प्रहरीले तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेललाई गिरफ्तार गरेको थियो।
शिवलाई गिरफ्तार हुनबाट जोगाउन विकासले कदम नचालेको भन्दै चितवन काग्रेसमा विवाद सुरु भएको थियो। पुर्पक्षका लागि भरतपुर कारागारमा राखिएका शिवलाई लामाको समूहले त्यहीँ आक्रमण गरेर ज्यान लिएपछि विवाद उत्कर्षमा पुगेको थियो। केन्द्रीय समितिले विवाद मिलाउन नसकेपछि विकासको कार्यसमिति भंग गरी गुरुङलाई अधिवेशन गराउने जिम्मा दिइएको थियो। विकाससहित चारजनाले उम्मेदवारी दिए पनि भदौ १५ गतेको निर्वाचनले टेकप्रसाद गुरुङलाई निर्वाचित गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काठमाडौं । नयाँ सत्ता समीकरणमा लगभग सहमति नजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र