संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको देशभरि विजय जुलुस

जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी भएर सम्बोधन गर्ने जनाइएको छ । उपत्यकाबाहिरका जिल्लामा पनि बिहानैदेखि जुलुस निकालिएको छ।
१२ फाल्गुन २०७७, बुधबार ०९:४४ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ । पार्टीको केन्द्रीय संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे विजय जुलुस निकाल्ने जनाएको हो ।

जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी भएर सम्बोधन गर्ने जनाइएको छ । उपत्यकाबाहिरका जिल्लामा पनि बिहानैदेखि जुलुस निकालिएको छ।

केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार अनुसार शान्तिवाटिकाको जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुने सम्भावना छ। दुबै अध्यक्षहरू अहिले चितवनमा छन्। उक्त समूहले आज चितवनमा आमसभा आयोजना गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार