जिल्लाका दुई दर्जनबढी कार्यालयको निर्माण अवैध

१९ भाद्र २०६९, मंगलवार ०५:५५ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १९ भदौं । कपिलवस्तु नगरपालिकामा नक्सा पास नगरी अवैध रुपमा निर्माण गरिएका सरकारी कार्यालयको संख्या दुई दर्जन बढी रहेका छन् । नगरपालिकाले समयमा ध्यान नदिंदा सरकारी कार्यालयहरुले मनपर्दी ढंगले भवनको संरचना निर्माण गरेका छन् ।
स्थानीय स्वायत्त शासन ऐन अनुसार नगरपालिकाभित्र निर्माण गरिने जुनसुकै संरचनाहरुको नापनक्सा पास अभिलेख सम्वन्धित नगरपालिकाले गर्नुपर्ने प्रावधान रहेको छ । तर कपिलवस्तु नगरपालिकाभित्र निर्माण भएका सरकारी सार्वजनिक जग्गामा निर्माण गरिएका दुई दर्जन बढी कार्यालयहरुको भवन अवैध रुपमा निर्माण गरिएको पाइएको छ ।
आफ्नै सरकारी भवन भएका र निजी घरमा भाडामा बसेका कुनै पनि कार्यालय भवनको नक्सा पास गरिएको छैन । नवनिर्मित भवनहरु जिल्ला वन कार्यालय, मालपोत कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला हुलाक कार्यालय, कारगार, नगरपालिकाको आफनै नया भवन, सभाहल, गेष्ट हाउस, सपिङ कम्प्लेक्स, शिक्षा कार्यालय, कृषि कार्यालय, सिचाई डिभिजन कार्यालयहरुले भवनको नक्सा पास नगरी तीन तल्लासम्म भवन निर्माण गरेका छन् । यसैगरी कृषि विकास बंैक, नेपाल टेलिकम, लगायत खानेपानी तथा सरसफाई सडक डिभिजन कार्यालय, खानेपानी संस्थानले पनि नक्सा पास नगरेको भवनमा कार्यालय सञ्चालन गरिरहेका छन् । अन्य निजी तथा सरकारी विद्यालय र संघ–संस्थाका झन्डै दर्जन भवनको समेत नक्सा पास भएको छैन । यसैबीच संघसंस्थामा नेपाल परिवार नियोजन संघले मात्रै नक्सा पास गरेको छ तर भवन निर्माण थालेको छैन । नाप नक्सा पास नगरी भवन निर्माण गर्दा लाखौं राजस्व गुमेको नगरपालिकाका लेखा फांट प्रमुख बलराम न्यौपानेले बताए ।
भवन निर्माण तथा शहरी विकास डिभिजन कार्यालय भैरहवाका साइट ईन्चार्ज इन्जिनियर नरेन्द्रकुमार झाले नगरपालिकाभित्र वन्ने भवनका संरचनाहरुको अनिवार्य रुपमा नगरपालिका कार्यालयमा नक्सा पास हुनुपर्ने बताए । नगरपालिकाले भवन आचार–संहिताअनुसार भूकम्प प्रतिरोधात्मक छ छैन, मापदण्डहरु अनुसार भवन कनेका छन्–छैनन् भन्ने कुरा र नक्सा पास भए–नभएको निगरानी गरी निर्माणमा रोक लगाउन सक्ने ईन्जिनियर झाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । आन्तरिक किचलोका कारण बिभाजनको अन्तिम बिन्दुमा पुगेको बेला सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको