
काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र ‘प्रसाद २’ निर्माण हुने भएको छ । यो चलचित्रमा पनि प्रसादकै कलाकारको अभिनय हेर्न पाइने भएको छ ।
चलचित्र प्रसादमा अभिनेता विपीन कार्की, निश्चल बस्नेत र अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भूमिकामा थिए । यतिबेला चलचित्र प्रसाद २ मा पनि यिनै कलाकार अनुवन्धित भएका छन् । सोमबार यो चलचित्रका लागि अभिनेता निश्चल बस्नेतसँग निर्माण पक्षले साम्झौता गरेपछि चलचित्रको मुख्य कलाकारको चयन क्रम सकिएको छ ।
यस अघि प्रसादलाई दिनेश राउतले निर्देशन गरेका थिए । यता चलचित्र प्रसाद दुईलाई भने सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । उनले यसअघि चलचित्र लभ डायरीको निर्देशन गरेका थिए । स्क्रिप्टमा लामो छलफलपछि निश्चल यो चलचित्रमा अनुबन्धित भएका हुन् । यसअघि उनी यो फिल्ममा खेल्न तयार भएका थिएनन् ।
निर्माता सुभाष थापा र निश्चलबीच कागजी सम्झौता भएपछि निर्माण पक्षले फिल्मको कामलाई अब तीव्ररूपमा अघि बढाउने बताइएको छ । यो चलचित्रमा यसअघि नै अभिनेता विपीन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अनुबन्ध भइसकेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित
काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ
काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी
बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ