
म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम १६ को पहिलो लेगमा वायर्न म्यूनिखले लाजियोलाई उसैको घरेलु मैदानमा ४-१ को फराकिलो जीत निकालेको हो ।
खेलको पहिलो हाफको नवौं मिनेटमा लेवान्डोस्कीले गरेको गोलबाट अग्रता कायम गर्न सुरु गरेको वायर्नले पहिलो हाफको समाप्तीसँगै ३-० ले लाजियोलाई पछि पारेको थियो ।
दोस्रो हाफमा अर्को एक गोल खाँदै ४-० को पछि परेको लाजियोले खेलको ४९औं मिनेटमा सान्तवना गोल गरेको थियो ।
त्यसैगरी आज बिहान सम्पन्न अर्को खेलमा एट्लेटीको म्याड्रिड चेल्सीसँग स्तब्ध बन्न पुगेको छ । आफ्नै घरेलु मैदानमा एट्लेटिको म्याड्रिड चेल्सीसँग शून्यका विरुद्ध एक गोलले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा खेलेको चेल्सीले दोस्रो हाफको ६८औं मिनेटमा गोल गरेपछि यो गोल नै निर्णायक गोल बन्न पुग्यो ।
प्रतिक्रिया
सम्बन्धित खवर
भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले
काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित