मैले राजीनामा दिएको छैन: महान्यायाधिवक्ता खरेल

मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका हुन् । आफू राजीनामा दिने सोचमा समेत नरहेको उनले बताए ।
११ फाल्गुन २०७७, मंगलवार १३:५७ मा प्रकाशित

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् । मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका हुन् । आफू राजीनामा दिने सोचमा समेत नरहेको उनले बताए । उनले भने, ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’

आफूले प्रेस स्वतन्त्रताको बारेमा सधैं अगाडि रहेर आवाज उठाइराखेको तर आफ्नो राजीनामाको बारेमा एकपटक समेत नसोधी समाचार आउँदा दुःख लागेको बताए । उनले भने, ‘जिम्मेवार प्रेसले कुनैपनि विषयलाई महान्यायाधिवक्ताले राजीनामा गर्नुभएको छ भन्ने जस्तो गम्भिर विषयलाई अगाडि राख्दाखेरी महान्यायाधिवक्तासँग नसोधिकन राखिने कुराप्रति मेरो गम्भिर चासो, सरोकार छ र यस प्रति म दुःख व्यक्त गर्छु ।’

अहिलेको परिस्थितिलाई आफू अनुकुल बनाउन चाहनेहरुबाट यस्तो हल्ला आएको पनि महान्यायधिवक्ता खरेलले बताए । आफूले अदालतमा गरेको बहस प्रति प्रधानमन्त्री सन्तुष्ट रहेको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि स्पष्ट पारे ।

उनले भने, ‘अहिलेको परिस्थितिलाई आफू अनुकुल बनाउने पनि कसैको कोसिस हुनसक्छ । प्रतिकुलतालाई अनुकुलतामा बदल्ने कोसिस पनि हुनसक्छ । सरकारको लडाईलाई कमजोर बनाउने पनि हुनसक्छ । लेखिएको रहेछ कतै प्रधानमन्त्री असन्तुष्ट रहनुभयो महान्यायाधिवक्ता कार्यालय र सरकारी वकिलबाट गरिएको डिफेन्सलाई लिएर । जबकी प्रधानमन्त्रीले मलाई बोलाएरै करिब ६/७ दिनको बहसको कतिपय पाटापक्षलाई उहाँले सुनेर तपाईहरुले राम्रो गर्नुभएछ भनेर बधाई छ, धन्यवाद छ, परिणाम आफ्नो ठाउँमा छँदैछ तर जे भएपनि तपाईंहरुको तर्फबाट गरिने डिफेन्स राम्रो ढंगले भयो । हामी आशा गरेकै परिणाम सकारात्मक हुनसक्छ भन्ने कुरा उहाँले मलाई भन्नुभएको थियो ।’

यही कुरालाई प्रधानमन्त्रीले असन्तुष्टि जायर गरे भन्ने कुरा कतै स्रोत नखुलेको भनेर मिडियामा आएको पाइएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

सिड्नी । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको