
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको टोलीले कानून आयोगका अध्यक्ष माधव पौडेलसँग गत आइतबार भेट भयो । भेटमा गैरआवासीय नेपाली नागरिकता र गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ संशोधन २०७७ सम्बन्धमा छलफल भएको एनआरएनए सचिवालयले जनाएको छ ।
कानून आयोगका अध्यक्ष पौडेलले संघका पदाधिकारीहरुले गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ को संशोधनका लागि खेलेको भूमिका र त्यसको परिर्माजनमा आयोगसँग गरेको समन्वय र सहकार्यको लागि कृतज्ञता व्यक्त गरे । उनले संघले जनवरी २०२० मा आयोगलाई पेश गरेको सुझाव मध्य अधिकांश समावेश भएको जानकारी गराए । केही सुझावहरु बिषयगत जटिलताका कारण अन्तर मन्त्रालय सहमति हुन नसकिएकोले सम्बोधन हुन नसकेको समेत बताए ।
अध्यक्ष पौडेलले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐनको मस्यौदा आयोगले तयार नपारेको र गैरआवासीय नेपाली नागरिकता बिषयभन्दा पनि अन्य बिषयहरुका कारण केही ढिलाई भएको बताए । उनले गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ (२०७७ को संशोधन सहित) मा मन्त्रीपरिषद र संसदमा हुने छलफल र संशोधनमा संघले फेरि आफ्ना सुझावहरु राख्न सक्ने भएकोले अध्यादेशमार्फत ऐन ल्याउन उपयुक्त नहुने राय व्यक्त गरे ।
सो अवसरमा संघका अध्यक्ष पन्तले गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ (२०७७ को संशोधन सहित) तयार पार्न आयोगले निभाएको भूमिका र संघसंग गरेको समन्वय र सहकार्यको लागि कृतज्ञता प्रकट गर्दै आयोगले संघले अघि सारेको प्राय धेरै जसो बुंदाहरु समावेश गर्न प्रयास गरेकोमा धन्यवाद दिए । अध्यक्ष पन्तले गैरआवासीय नेपाली ऐन २०६४ (२०७७ को संशोधन सहित) गैरआवासीय नेपाली नागरिकता ऐन जारी भएपछि ल्याउँदा उपयुक्त तथा व्यवहारीक हुने राय पेश गरेको एनआरएनए सचिवालयले जनाएको छ ।
सो भेटको अवसरमा संघका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्षहरु डा. बद्री केसी, सोनाम लामा र रविना थापा, खगेन्द्र जीसीको सहभागिता थियो । आयोगको तर्फबाट सचिवसहित अन्य पदाधिकारीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
सिड्नी । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको
काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा दाहाल
काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।
काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक