एनआरएनए अध्यक्ष पन्त र धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाबीच भेट

११ फाल्गुन २०७७, मंगलवार १३:३६ मा प्रकाशित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्त र धितो पत्र बोर्डका अध्यक्ष, भीष्म ढुङ्गानाबीच भेट भएको छ । गैरआवासीय नेपालीहरुले स्थापना गर्न लागेको एनआरएनए डेभलपमेन्ट फन्ट लिमिटेडबारे छलफल भएको एनआरएनएले जनाएको छ ।

अध्यक्ष पन्तले यस बिषयमा संघले भए गरेका प्रगतिबारे अध्यक्ष ढंगानालाई अवगत गराएका थिए । सो अवसरमा संघका परामर्शदाता, अनलराज भट्राईले, कम्पनी स्थापना गर्दा नै केही कानूनी प्रावधानहरु बोर्डको तर्फबाट व्यवस्था गरिदिन पर्ने बिषय बारेमा बोर्डका अध्यक्षलाई अनुरोध गर्दै यी व्यवस्थाहरुमा छिट्टै स्वीकृति प्राप्त भएमा गैरआवासीय नेपालीहरुको लगानी नेपाल भित्र्याउन सहज हुनुका साथै उनीहरुलाई नेपालमा लगानी गर्न थप प्रेणा मिल्ने औंल्याए ।

उनले कम्पनीको शेयर गैरआवासीय नेपालीहरु माझ छिटो इन्टेल पब्लिक अफरिङ (आइपीओ) मा लानको लागि आवश्यक वातावरणको व्यवस्था गरिदिनुका साथै आईपीओमार्फत प्राप्त हुने सम्पूर्ण रकम बराबरको शेयर जारी गर्न अनुमति प्रदान गर्न समेत अनुरोध गरे । शेयर आवेदन दिनको लागि जीम्याट खाताको व्यवस्थाका लागि पहलहरु समेत भई रहेको जानकारी दिए ।

बोर्डका अध्यक्ष ढुङ्गानाले धेरै पहिलेदेखि नै संघले अघि सार्दै आएको योजनाले मुर्त रुप लिन लागेकोमा बधाई दिंदै धितोपत्र बोर्डको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै प्राइभेट इक्वलिटी भेन्चर क्यापिटल (पिइभीसी) मोडलको रुपमा यसलाई अघि बढाउंदा काम गर्न अझ सहज हुने राय दिए ।

गैरआवासीय नेपालीहरुलाई यस प्रकारको सामूहिक लागानी भित्र्याउन आवश्यक कानूनी व्यवस्थाहरु के के छन् त्यसको पहिचान गरी सम्बन्धित मन्त्रालयसँग सम्झौता गर्न सुझाव समेत दिए । उनले धितोपत्र बोर्डको तर्फबाट गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न प्रोत्सहान गर्ने हर प्रकारको स्कीमहरु कार्यान्वयनमा ल्याईने जानकारी गराउंदै उदाहरणको रुपमा प्रवर्धक लागानीकर्ताहरुका लागि तीन बर्षको लकडाउन समयलाई घटाउन सकिने बताए ।

सो भेटको अवसरमा संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछाने, उपाध्यक्षहरु डा बद्री केसी, सोनाम लामा र रविना थापा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र संघका कार्यकारी निर्देशकको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको टोलीले कानून आयोगका अध्यक्ष माधव पौडेलसँग गत आइतबार भेट

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले भेट गरेका छन्

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा