मन्त्री गुरुङसँग एनआरएनए अध्यक्षको भेट

११ फाल्गुन २०७७, मंगलवार १३:२५ मा प्रकाशित

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले भेट गरेका छन् । भेटमा दुवै पक्षाबीच समसामयिक बिषयमा छलफल भएको एनआरएनएले जनाएको छ । अध्यक्ष पन्तले संघका गतिविधि बारेमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङलाई अवगत गराएका थिए ।

मन्त्री गुरुङले संघले स्थापना गर्न लागेको एनआरएनए डेभलपमेन्ट लिमिटेड फन्टबारे जिज्ञाशा राखेका थिए । उनले सूचना प्रविधि (आइटी) सेक्टरमा लगानी गर्न सुझाव दिएका थिए । उनले नेपाल सरकारले भर्खरै प्रारम्भ गरेको नागरिक ऐप बारे जानकारी गराउंदै यसमा गैरआवासीय नेपालहरुलाई कसरी समायोजन गर्न सकिन्छ भन्ने तर्फ संघलाई बिचार गर्न अनुरोध गरे ।

भेटको अवसरमा संघका उपाध्यक्ष डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र संघका कार्यकारी निर्देशक सागर रानाको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

सिड्नी । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको