राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै, गम्भीर निर्णय हुनसक्छ ?

संसद पुनःस्थापना भए के गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेता तथा कुटनीतिक वृत्तसँग छलफल गरेको बुझिएको छ । विभिन्न दलका नेता र सुरक्षा निकायका प्रमुखसँग पनि प्रधानमन्त्रीले भेट गरेर परामर्श लिएको स्रोतको भनाइ छ ।
११ फाल्गुन २०७७, मंगलवार ०८:३२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गर्नु भएको छ । सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान लागि बैठक डाकिएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्छ । खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ ।

स्रोतका अनुसार संसद पुनःस्थापना भए के गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेता तथा कुटनीतिक वृत्तसँग छलफल गरेको बुझिएको छ । विभिन्न दलका नेता र सुरक्षा निकायका प्रमुखसँग पनि प्रधानमन्त्रीले भेट गरेर परामर्श लिएको स्रोतको भनाइ छ ।

‘संसद पुर्नस्थापना भए संकटकाल लगाउने प्रधानमन्त्रीको तयारी छ’, स्रोतले भन्यो’ ‘त्यसका लागि आफू पक्षीय नेता तथा विपक्षी दलका नेताहरुसँग पनि प्रधानमन्त्रीले परामर्श लिनुभएको छ ।’ त्यसका लागि प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक डाक्नुभएको स्रोतले बतायो । संसद पुनस्थापनाको पक्षमा अदालतले निर्णय गरे र सुर्य चिन्ह आफूलाई नदिए आन्दोलनका लागि उर्तिने प्रधानमन्त्रीले धम्की दिनुभएको छ । सो धम्की दिएको केही दिनपछि बस्न लागेको परिषद्को बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

हिजो सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानन्यायधिश चोलेन्द्रशमशेर जबरा सँग भेट गरेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दाको फैसला सुनाउने अन्तिम अवस्थामा भएको यो भेटले राजनीतिमा तरंग ल्याएको छ ।

परिषद्का सदस्यसचिव तथा रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले भने मंगलबार बिहान डाकिएको बैठक नियमित भएको प्रतिक्रिया दिएका छन् ।

सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ । परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । नेपालमा आइतबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

३९औं मगर स्थापना दिवसको अवसरमा मगर संघ बागलुङ नगर समितिले बागलुङ बजारमा निकालेको -यालीमा सहभागीहरु । तस्वीर: खेमराज गौतम

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली