
रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान सम्पन्न खेलमा युभेन्टसले क्रोटोनीलाई शुन्यका विरुद्ध ३ गोलको सानदार जीत निकालेको हो ।
पहिलो हाफको ३८औं मिनेटमा एलेक्सको पासमा रोनाल्डोले पहिलो गोल गर्दै अग्रता कायम गरेका थिए । पहिलो हाफकै अतिरिक्त समयमा आरोन राम्सेको पासमा रोनाल्डोले फेरी अर्को गोल थपेपछि अग्रता दोब्बर भएको थियो ।
दोस्रो हाफको ६६औं मिनेटमा वेस्टन म्याकेनीले तेस्रो गोल गरेपछि युभेन्टसले ३-० ले यो खेल आफ्नो पक्षमा पारेको हो । आफ्नो घरेलु मैदानमा भएको खेलमा पोर्चुगिज फरवाड क्रिष्टियानो रोनाल्डो म्यान अफ द प्लेयर घोषित भए ।
यो जीतसँगै युभेन्टस २२ खेलमा ४५ अंकसहित रोमालाई पछि पार्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । पहिलो र दोस्रो स्थानमा भने क्रमशः इन्टरमिलान र एसीमिलान रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो
म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम
इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा
मड्रिड । स्पेनिस ला लिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड स्तब्ध भएको छ । गएराति भएको खेलमा एथ्लेटिको लेभान्टेसँग २-० गोलले