नेपाल पत्रकार महासंघ युरोप शाखाको प्रथम अधिवेशन सम्पन्न

१८ भाद्र २०६९, सोमबार २२:३१ मा प्रकाशित

पेरिस, फ्रान्स । नेपाल पत्रकार महासंघको युरोप शाखाको प्रथम अधिवेशन सेप्टेम्वर २ तारिकमा पेरिसमा सम्पन्न भएको छ । महासंघको केन्द्रीय अध्यक्ष शिव गाउँलेको उपस्थितीमा भएको सो अधिवेशनले युरोप शाखाको लागि महेश थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनमा फ्रान्सका लागि नेपाली राजदुत मोहनकृष्ण श्रेष्ठले पत्रकारहरुले समाज परिवर्तन गर्न सक्ने क्षमता राख्ने तर मयार्दित रुपमा कलम चलाउनु पर्ने बताउनु भयो । विविसी पत्रकार भगिरथ योगी वेलायतमा कार्यरत वरिष्ठ पत्रकार शशी पौडेल पत्रकार महासंघ वेलायतका वरिष्ठ उपाधक्ष्य चिरण शर्मा लगायतका वक्ताहरुले पत्रकारले जिम्मेवारीलाई मनन गर्नु पर्ने वताए । तदर्थ कार्यसमितिका संयोजक ददी सापकोटाको अध्यक्षतामा सम्पन्न सो अधिवेशनमा वक्ताहरुले अधिवेशन सफलताको कामना गर्नु भएको थियो । पत्रकार महासंघ युरोप शाखाको लगि युरोपमा रहेका नेपाली कुटनैतिक नियोगका प्रमुख एन आर एन केन्द्रीय अध्यक्ष लगायत प्रवासमा रहेका नेपाली समुदायका अग्रजहरुले पठाउनु भएको शुभकामना सन्देश पढिएको थियो ।
अधिवेशनलाई सफल वनाउन आउनु भएका केन्द्रीय अध्यक्ष शिव गाउँलेले प्रवासमा पनि कलम चलाउनु उत्साहपूर्ण रहेको जनाउनु भयो । सम्मेलनमा युरोपका विभिन्न देशमा रहेका पत्रकारहरुको उपस्थिती रहेको थियो । सो अधिवेशनलाई सफल वनाउन फ्रान्समा रहेका विभिन्न संघ संस्थाले सहयोग गर्नु भएको थियो ।
अधिवेशनवाट महेश थापालाई र्सवसम्मतले नयाँ कार्य समितिको नेतृत्व गर्न चयन गरेको छ । संरक्षक ददि सापकोटा रहेको सो कार्यसमितिको वरिष्ठ उपाध्यक्ष लक्ष्मण देवकोटा उपाध्यक्ष द्वय केजेन र्राई पुष्प बरुवाल महासचिव प्रकाश ढकाल, सहसचिव जंगम खडका, कोषाध्यक्ष अनुराधा पौडेल रहनु भएको छ । सदस्यहरुमा निराजन श्रेष्ठ, टेक नेपाली, सरस्वती कार्की, बिनोद घिमिरे, विनोद खकुरेल, दिपज्योती पौडेल रहेका छन् भने पार्षदमा ओम शर्मा, डिल्लीराम अमाई, सुर्दशन सिमखडा, भीम केसी र बाबुराम भुसाल रहेका छन् ।

अधिवेशनपछि पत्रकारको सम्मानमा नेपाली दुतावास फ्रान्सले रात्री भोज आयोजना गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

काठमाडौं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’