
काठमाडौ, ४ चैत । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा आज साना दलहरुसँग छलफल गर्दै हुनुहुन्छ । छलफल हिजै हुने भनिए पछि प्रधानमन्त्रीको कार्यब्यवस्थताको कारण स्थगित गरिएको थियो । सेना समायोजनसम्बन्धी सरकारको प्रस्तावमा सहमति जुटाउने प्रयासस्वरुप प्रधानमन्त्री भट्टराईले सानादलहरुसँग छलफल गर्न लाग्नुभएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे हुने छलफलमा प्रधानमन्त्रीले सेना समायोजनसम्बन्धी सरकारको प्रस्तावमा सहयोगका लागि आग्रह गर्ने बताइएको छ । साना दलसँगको बैठकमा प्रधानमन्त्रीले आफूले लडाकु समायोजनका विषयमा विशेष समितिमा प्रस्तुत गरेको खाकाबारे जानकारी गराउनुहुने छ । ठूला दलहरूबीच मुख्य बुँदामा सहमति हुन नसकि शान्ति र संविधान लेखन प्रक्रियाले गति लिन नसकिरहेको बेला साना दलहरूले भने छिटो सहमतिका लागि आग्रह गर्ने मानसिकता बनाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले आज (मंगलबार) दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक
रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिकास्थित सादिडाँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस लुभु भीरमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु
रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले
काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको