माओवादीबीच अंशबण्डामा सहमति

१८ भाद्र २०६९, सोमबार २१:३३ मा प्रकाशित

काठमाडौं, १८ भदौ । सर्वहारा वर्गका लागि लडेकोले व्यक्तिलाई आफ्नो नामामा सम्पत्ति राख्ने अधिकार दिइनु हुन्न भन्ने भाषण दिएर शक्ति आर्जन गरेका दुई माओवादी पार्टीहरुबीच अंश बांडफांडमा कुरा मिलेको छ । पार्टी फुटेपछिको सम्पतिबारे एकीकृत माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा माओवादीबीच सैद्धान्तिक सहमति भएको सम्वद्ध स्रोतले जनाएको छ ।
एकीकृत माओवादी विभाजन भएपछि पार्टी कार्यालय र सम्पत्तिका विषयमा झडप हुन थालेपछि दुवै माओवादीले कार्यदल बनाएर वार्ता सुरु गरेको थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी अध्यक्ष मोहन वैद्यसहितका दुवै पार्टीको कार्यदलले सम्पत्ति विवाद टुंग्याएको हो ।
पार्टी कमिटीको पोजिसनअनुसार सम्पत्ति बाँडफाड गर्ने सहमति भएको कार्यदल सदस्य एवं वैद्य माओवादीका सचिव देवप्रसाद गुरुङले जानकारी दिए । वैद्य माओवादीले सम्पत्तिको ६० प्रतिशत हिस्सा खोज्दै आएको थियो । गुरुङका अनुसार केन्द्र र जिल्लामा चल अचल सम्पत्तिको हिस्सा फरक फरक हुने छ । जिल्लाको कमिटीमा कुन पक्षको संख्या कति छ भन्ने हेरेर हिस्सा बांडफांड गरिने सहमति भएको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय