सैफ र करीनालाई दोस्रो पुत्र लाभ

१० फाल्गुन २०७७, सोमबार ०८:२८ मा प्रकाशित

मुम्बाइ । बलिवुड अभिनेत्री करीना कपूर दोस्रो पटक आमा बनेकी छन् ।करीनाले आइतबार विहान छोरालाई जन्म दिएकी हुन् । भारतीय मिडियाका अनुसार करीनाले मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी छन् ।

२०१२ मा अभिनेता सैफअली खानसँग वैवाहिक बन्धनमा बाधिएकी करीनाले यसअघि २०१६ मा तैमुरलाई जन्म दिएकी थिइन् ।

अभिनेता सैफको भने करीनासँग दोस्रो विवाह हो । सैफको पहिलो श्रीमती अमृता सिंहसँग दुई सन्तान छन् । जसमा सारा अली खान बलिवुडमै स्थापित भइसकेकी छन् भने उनका भाई इब्राहिम पनि बलिवुडमा आउने तयारीमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सम्राट न्यौपानेको ‘चालिसे’मा गीत सार्वजनिक भएको छ । अनन्त कश्यप घिमिरेको शब्द र सम्राट न्यौपानेको आवाजमा रहेको गीतको

काठमाडौँ । गायक तिलक बस्नेतको शब्द संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन सुपरम्यान’ सार्वजनिक भएको छ। डान्सिङ शैलीको

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र