
इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा इन्टर ३-० ले बिजयी भएको हो ।
पहिलो हाफको पाँचौं मिनेटमा इन्टरका फरवाड लुकाकुको पासमा मार्टिनेजले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ५७औं मिनेटमा मार्टिनेजले नै अर्को गोल थप्दै दोब्बर बनाएका थिए ।
६६औं मिनेटमा इन्टरका लुकाकुले तेस्रो गोल गरेपछि एसीमिलानको केही चल्न सकेन । यसपटकको सिरिएमा इन्टर र मिलानको प्रतिस्पर्धाले खेल रोचक बनेको छ ।
साविक विजेता युभेन्टस भने यसपटक मिश्रित खालको प्रदर्शनले दौडमा केही पछि परेको छ । यो जीतसँगै इन्टरमिलान २२ खेलबाट ५३ अंकसहित शीर्ष स्थानमा छ भने एसीमिलान ४९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो
म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम
रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान
मड्रिड । स्पेनिस ला लिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड स्तब्ध भएको छ । गएराति भएको खेलमा एथ्लेटिको लेभान्टेसँग २-० गोलले