यार्सागुम्बा र लागूऔषध कारोबारी पक्राउ

१८ भाद्र २०६९, सोमबार २१:१७ मा प्रकाशित

पोखरा, १८ भदौ । यार्सागुम्बा र लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पोखरामा पाँचजनालाई पक्राउ गरेको छ। पोखरा ९ चिप्लेढुंगास्थित होटल देउरालीबाट ६ सय १५ ग्राम यार्सागुम्बासहित चारजना र पृथ्वीचोकबाट १६ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरिएको हो । कास्कीको ल्वाङ्घलेलका २० वर्षीय शिव अधिकारी, १९ वर्षका सन्तोष गौतम, २२ वर्षका हरि गौतम र अर्मला गाविस ३ का ४० वर्षका लिला शर्मा यार्चागुम्बासहित पक्राउ परेका हुन्।
होटल देउरालीमा यार्चागुम्बा लुकाईछिपाई राखेका विशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय बगरको टोलीले तलासी लिँदा कोठा नम्बर ४ बाट उक्त यार्सागुम्बा बरामद भएको हो। प्रहरीकाअनुसार तीन जनासँग ५ सय र शर्मासँग छुट्टै प्लाष्टिकमा १ सय १५ ग्राम यार्सागुम्बा भेटिएको थियो। उनीहरुलाई वडा प्रहरी कार्यालय बगरमा राखेर अनुसन्धान अघि बढाइएको छ। स्वीकृत नलिई यार्सागुम्बा संकलन गरेको र बिक्रीका लागि लिएर हिँडेकाले उनीहरुलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी शैलेस थापा क्षेत्रीले जानकारी दिए। उनले यार्सागुम्बा संकलन र बिक्रेतालाई प्रहरीले मुद्दा चलाउन नमिल्ने भएकाले मंगलबार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा बुझाउने बताए।

यस्तै प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तनहुँका १७ वर्षीय ज्ञानेन्द्र थापा मगरलाई पक्राउ गरेको छ। वीरगञ्जबाट लागूऔषध ब्राउन सुगर खरिद गरी ल्याएर पोखरामा बिक्री वितरण गर्ने सुचनाको आधारमा प्रहरीले उनलाई खोजी गर्दा पोखरा ९ बसपार्कबाट पक्राउ गरिएको हो। उनको साथबाट सेतो प्लाष्टिकभित्र प्याकिङ्ग गरी लुकाई राखेको ४ पोका ९१६ ग्राम ब्राउन सुगर बरामद भएको थियो। यस्तै प्रहरीले आज सराङ्कोट(७ स्थित ग्यारजातीमा प्राकृतिक रुपमा उम्रेको हरियो गाँजा फडानी गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

म्याग्दी।सोह्रश्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरू पुग्न थालेका