एथ्लेटिको लेभान्टेसँग पराजित

९ फाल्गुन २०७७, आईतवार ०८:५० मा प्रकाशित

मड्रिड । स्पेनिस ला लिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड स्तब्ध भएको छ । गएराति भएको खेलमा एथ्लेटिको लेभान्टेसँग २-० गोलले पराजित भएको हो । लेभान्टेका लागि होर्गेले एक गोल गरे ।

एथ्लेटिको मड्रिडका हर्मोसोले एक आत्मघाति गोल उपहार दिए । शीर्ष स्थानको एथ्लेटिकोले २३ खेलबाट ५५ अंक जोडेको छ । ३१ अंकसहित लेभान्टे आठौँ स्थानमा छ । राति नै भएको अर्को खेलमा मड्रिडले रियल भालाडोलिडलाई एक शुन्यले पराजित गरेको छ । रियलक लागि कासेमिरोले निर्णायक गोल गरे ।

जितसँगै रियल मड्रिडले शीर्ष स्थानको एथ्लेटिकोसँगको अंक दूरी तीनमा झारेको छ । दोस्रो स्थानको रियल मड्रिडको २४ खेलबाट ५२ अंक भएको छ । पराजित भालाडोलिड २१ अंक जोडेर १९औं स्थानमा छ ।

राति नै भएका खेलमा इल्चेले एइबरलाई एक शुन्य तथा भ्यालेन्सियाले सेल्टा डी भिगोलाई दुई शुन्यले पराजित गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान

इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा