अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

१८ भाद्र २०६९, सोमबार २०:५३ मा प्रकाशित

काठमाडौं, १८ भदौ । सर्वोच्च अदालतले कर्मचारी सरुवाका सम्बन्धमा प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको अपहेलना मुद्दामाथि सुनुवाई गर्दै एक हप्ताभित्र जवाफ दिन आदेश गरेको छ । कर्मचारी सरुवा रोक्ने आदेश कार्यान्वयन नगरेर अदालतको अवहेलना गरेको भनी परेको मुद्दामाथि सोमबार सुनुवाई गर्दै सर्वोच्चले एक हप्ताभित्र जवाफ दिन प्रधानमन्त्री भट्टराईलाई आदेश दिएको हो ।
तत्कालीन सिंचाइ सचिव वृन्दा हाडाले आफ्नो सरुवा रोक्न अदालतले दिएको आदेश अस्वीकार गरेर अदालतको मानहानी गरिएको भन्दै मुद्दा दायर गर्नुभएको थियो । न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासले प्रधानमन्त्री भट्टराई र मुख्यसचिव लिलामणि पौडेललाई पनि एकसाताभित्र अदालतलाई लिखित जवाफ दिन आदेश दिएको छ ।
सिंचाइमन्त्री महेन्द्र यादव र सचिव प्रतापकुमार पाठकले भने अदालतमा उपस्थित भएर अवहेलना सम्बन्धमा जवाफ दिन आदेशमा भनिएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री भट्टराईलाई मानहानी मुद्दामा जवाफ दिन आदेश दिएको यो दोस्रोपटक हो । यसअघि सर्वोच्च अदालतको आदेशविपरित संविधानसभाको म्यादथपसम्बन्धी विधेयक संसदमा दर्ता गराएको भन्दै जवाफ दिनुपरेको थियो । पछिल्लो आदेशमा सिंचाईसचिव हाडालाई यथास्थानमै उपस्थित गराईको पत्रसमेत पेस गर्न अदालतले आदेश दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल