वुल्भ्सलाई आत्मघाती गोल उपहार

८ फाल्गुन २०७७, शनिबार ०९:४३ मा प्रकाशित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेमला वुल्भ्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा वुल्भ्सले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो । वुल्भ्सको जितमा गोल भने लिड्सले गरेको हो । लिड्सका मेस्लिएरले ६४ औं मिनेटमा गरेको आत्मघाती गोल नै वुल्भ्सको जित र भ्रमण टोलीको हारको कारण बन्यो ।

लिड्सका लागि खेलको अन्तिम समयमा प्याट्रिक बामफोर्डले बराबरी गोल गरेका थिए, तर सो गोलले मान्यता पाएन । जितपछि २५ खेलबाट ३३ अंक जोडेको वुल्भ्स ११ औं स्थानमा उक्लिएको छ ।

२४ खेलबाट ३२ अंकसहित लीड्स १२ औं स्थानमा छ । यस्तै आज राति भने लिगअन्र्तगत तीनवटा खेल हुँदैछन् । साउथह्याम्टन विरुद्ध चेल्सी, ब्रुन्लेविरुद्ध वेस्ट ब्रोमविच अलबीन र लिभरपुलविरुद्ध एभर्टन भीड्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान

इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा