गरिबलाई परिचयपत्र प्रदान गरिने

१८ भाद्र २०६९, सोमबार २०:४९ मा प्रकाशित

काठमाडौं, १८ भदौ । सरकारले गरिब परिवारका लागि परिचयपत्र वितरण गर्नेसम्बन्धी निर्देशिका पारित गरेको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले गरिब परिवारको पहिचान गरी उनीहरुलाई विभिन्न क्षेत्रमा सहुलियत प्रदान गर्नका लागि निर्देशिका बनाएको हो । सो निर्देशिकाबमोजिम सरकारी टोलीले गरिब घर–परिवार को पहिचान गरी उनहिरुलाई विभिन्न क्षेत्रमा सहुलियत दिनेगरी अध्ययन गरेर परिचयपत्र वितरण गर्नेछ ।
यसैगरी सरकारले नेपाल प्रहरीका प्राविधिकतर्फका एसएसपी सुरेन्द्रबहादुर श्रेष्ठलाई डिआइजीमा बढुवा गर्ने निर्णय पनि गरेको छ । यस्तै मन्त्रीपरिषदले नेपाली सेनाका प्राविधिक रथी केशवराज पोखरेल र सहायक प्राविधिक रथी थापाको पदावधि थप गरेको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । यसैगरी कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासकमा कृष्णप्रसाद आचार्यलाई नियु्क्त गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या