अमेरिकाद्वारा इरानसँग आणविक सम्झौताका लागि पुनः वार्ताको आग्रह

विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युरोपेली साझेदारहरुसँगको छलफलमा नयाँ ढंगबाट आणविक सम्झौताका लागि इरानसँग वार्ता गर्न अमेरिका तयार रहेको बताएका हुन् । इरानसँग प्रत्यक्ष सम्बन्धका लागि राष्ट्रपति जो बाइडेन प्रशासनले सार्वजनिक गरेको यो सबैभन्दा ठोस् कदम हो ।
८ फाल्गुन २०७७, शनिबार ०९:११ मा प्रकाशित

न्यूयोर्क । अमेरिकाले आणविक सम्झौताका लागि पुनः वार्ता गर्न इरानसँग प्रस्ताव गरेको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय उल्टाउँदै नयाँ ढंगबाट आणविक वार्ताका लागि बाइडेन प्रशासनले आग्रह गरेको हो ।

विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युरोपेली साझेदारहरुसँगको छलफलमा नयाँ ढंगबाट आणविक सम्झौताका लागि इरानसँग वार्ता गर्न अमेरिका तयार रहेको बताएका हुन् । इरानसँग प्रत्यक्ष सम्बन्धका लागि राष्ट्रपति जो बाइडेन प्रशासनले सार्वजनिक गरेको यो सबैभन्दा ठोस् कदम हो ।

इरानले भने आफूमथि लगाइएका प्रतिवन्धहरु हटाएपछि मात्रै वार्ता हुनसक्ने जनाएको छ । इरानको विदेशमन्त्रालयका प्रवक्ता सईद खतिबजादेले अमेरिकाको प्रस्तावमा तत्कालै विस्वास गर्ने वातावरण नभएको बताएका छन् । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीसँग यसअघि भएका सम्झौताको पालना नभए आफूहरु वार्ताका लागि तयार नहुने चेतावनीसमेत उनले दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । नेपालमा आइतबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

३९औं मगर स्थापना दिवसको अवसरमा मगर संघ बागलुङ नगर समितिले बागलुङ बजारमा निकालेको -यालीमा सहभागीहरु । तस्वीर: खेमराज गौतम