९७ जनामा कोरोना संक्रमण पुष्टि, ११४ जना संक्रमणमुक्त

७ फाल्गुन २०७७, शुक्रबार १९:२६ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई हजार नौ सय ३१ जनाको पीसीआर परीक्षण भएकोमा ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७३ हजार दुई ६३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ११४ जना संक्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ६ सय १९ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३ जनाको मृत्यु भएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या २ हजार ६१ पुगेको छ । हाल नेपालमा १ हजार ५ सय ८३ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका