१० वा १४ प्रदेशमा कांग्रेस–एमालेले सहमति जनाउने एमाओवादीको दाबी

१८ भाद्र २०६९, सोमबार १४:०९ मा प्रकाशित

काठमाडौं, १८ भदौ । संविधानका विवादित अन्तरवस्तुमा सहमति नभएसम्म प्रधानमन्त्रीले पदत्याग नगर्ने एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले दोहोरयाएका छन् । राजनीतिक निकासको उपाय नपहिल्याई सरकार परिवर्तनको मुद्दालाई प्राथमिकतमा राख्नु नै सहमतिको बाधक भएको भन्दै उनले संविधानका विवादित विषयमा सहमति जुटे संविधानसभा पुनःस्थापना गर्न सकिने धारणा राखे । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा सहमतिविना संविधानसभाको पुनःस्थापना र निर्वाचनले मुलुकमा धु्रविकरण बढाउने भन्दै सापकोटाले त्यस्तो अवस्थामा मुलुकको लगाम दलहरुको हातबाट खुस्कीने चेतावनी दिए । उनले भदौ महिनाभरीमा सहमति ननिकाले मुलुक संकटमा पर्नेतर्फ सचेत गराउँदै पछिल्लो समयमा १० वा १४ प्रदेशमा जाने माओवादी प्रस्तावमा एमाले र काग्रेसको कुनै टिप्पणी नआएको भन्दै त्यसमा सहमति बन्ने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री