सन्दीप लामिछाने आइपीएलमा अनसोल्ड

७ फाल्गुन २०७७, शुक्रबार ०८:२० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पीनर सन्दीप लामिछाने आइपिएल अक्सनमा अन्सोल्ड भएका छन् । उनले पछिल्लो तीन संस्करण दिल्लीबाट खेलेका थिए । दिल्लीले रिलिज गरेको थियो । उनले बेस प्राइस ४० लाख राखेका थिए । तर उनलाई कुनैपनि टिमले बोली लगाएनन् ।

पछिल्लो तीन संस्करण नौ खेल खेली दिल्लीको लागि १३ विकेट लिएका थिए । पछिल्लो सिजनमा भनर उनले कुनै खेल्ने मौका पाएका थिएनन। सन २०१८ मा ३ खेलमा ५ विकेट र सन २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए ।

ग्लोबल आइकन सन्दीपले विश्वको अधिकांश लिग खेलेका छन् । तर यो पटक भने उनी आइपिएलमा अनसोल्ड रहे । नेपालबाट यो पटक करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहराले नाम दर्ता गराएका थिए । जसमा सन्दीपको नाम मात्र सर्ट लिस्टमा परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान

इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा