माओवादीले ७० बुँदे मागसहित आन्दोलन सुरु गर्ने

१८ भाद्र २०६९, सोमबार १४:०१ मा प्रकाशित

काठमाडौ, १८ भदौ । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले बाबुराम भट्टराई प्रधानमन्त्री पदमा कायम रहेसम्म दलहरुवीच सहमति बन्न नसक्ने ठोकुवा गरेका छन् । राजधानीमा सोमबार आयोजित साक्षात्कारमा गजुरेलले भने– ‘बाबुराम भट्टराई प्रधानमन्त्री रहुन्जेल सहमति बन्नै सक्दैन । प्रधानमन्त्रीको राजिनामा हाम्रो पहिलो सर्त हो । उहाँ अब पदमा रहनुहुन्न ।’ उनले बाबुराम भट्टराईले राजिनामा नदिने हो भने अर्को जनआन्दोलनको विकल्प नभएको स्पष्ट पारे ।

राष्ट्रपतिले गतिरोध अन्त्यको लागि ठोस पहलकदमी लिनुपर्ने भन्दै गजुरेलले पछिल्ला गतिविधिले राष्ट्रपति निरीह देखिएकोप्रति चिन्ता प्रकट गरे । उनले भने– ‘राष्ट्रपति निरीह रहने, प्रधानमन्त्री गैरजिम्मेवार भइरहने अवस्थामा अब जनताले सडक कब्जा गर्नुको विकल्प छैन ।’
तत्कालीन नेकपा माओवादीले तय गरेको चालिस बुँदामा लगभग ३० बुँदा थपेर ७० बुँदे माग सार्वजनिक गर्दै आन्दोलनमा होमिने तयारी भईरहेको उपाध्यक्ष गजुरेलले खुलासा गरे । उनले भने– ‘७० बुँदे माग पुरा नभए आन्दोलनमा जान्छौं तर हाम्रो आन्दोलन शान्तिपुर्ण हुन्छ । अहिले नै जनसरकार ब्यूंतिन सम्भव छैन । त्यो पछिको कुरा हो ।’
उनले बर्तमान राजनीतिको निकासका दुई विकल्प संविधानसभाको पुनःस्थापन वा निर्वाचन कुनै पनि विषयमा जान गोलमेच सम्मेलनमार्फत राजनीतिक सहमति कायम गर्नु पर्ने आवश्यकता औल्याउँदै तीन दलको सेण्डिकेटले गर्ने सहमति नमान्ने स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री