एनआरएन डेभलपमेन्ट फन्ड प्रबन्धपत्र, नियमावली र कम्पनी दर्तामा हस्ताक्षर

गैरआवासीय नेपाली संघले १० अर्बको कोषमा सरकारले पाँच प्रतिशतले हुने ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको छ।साथै अन्य संस्थापकहरूले १० प्रतिशतले हुनेगरी १ अर्ब रूपैयाँ लगानी गर्नुपर्नेमा १ अर्ब ७० करोड जुटिसकेको छ । ८५ प्रतिशतमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् ।
६ फाल्गुन २०७७, बिहीबार १४:१० मा प्रकाशित

काठमाण्डौ। गैर आवासीय नेपाली संघले आज एक कार्यक्रम गरी एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट हस्ताक्षर गरेको छ।

स्वदेशको विकास र समृद्धिमा योगदान गर्ने अभियानअन्तर्गतको एक महत्त्वपूर्ण योजनामा लामो समयको प्रयासपछि मूर्तरूप प्राप्त गर्ने चरणमा पुगेको जानकारी गराउन पाउँदा निकै खुसी लागेको अध्यक्ष कुमार पन्त ले बताएका छन्।

गैरआवासीय नेपाली संघले १० अर्बको कोषमा सरकारले पाँच प्रतिशतले हुने ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको छ।साथै अन्य संस्थापकहरूले १० प्रतिशतले हुनेगरी १ अर्ब रूपैयाँ लगानी गर्नुपर्नेमा १ अर्ब ७० करोड जुटिसकेको छ । ८५ प्रतिशतमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् ।

नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको प्रतीक्षाको घडी अब समाप्त भएको राय अध्यक्ष कुमार पन्तको छ । दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने जानकारी समेत उनले गराएका छन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । नेपालमा आइतबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

३९औं मगर स्थापना दिवसको अवसरमा मगर संघ बागलुङ नगर समितिले बागलुङ बजारमा निकालेको -यालीमा सहभागीहरु । तस्वीर: खेमराज गौतम