खेतानले उपभोक्ता ठगेपछि…

१८ भाद्र २०६९, सोमबार १३:०८ मा प्रकाशित

विराटनगर, १८ भदौ । उद्योगपति राजेन्द्र खेतान समूहको लगानी रहेको हिमालयन स्यान्क्स प्रालिंद्वारा उत्पादित रुची चाउचाउ बिक्रीमा नापतौल तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरले रोक लगाएको छ । सो उद्योगदरा उत्पादित चाउचाउमा तोकिएको परिमाणभन्दा कम चाउचाउ राखेर बेचिएको पुष्टि भएपछि उपभोक्ता ठगीको आरोपमा उत्पादनमै रोक लगाइएको हो ।
उक्त कम्पनीको विराटनगरस्थित विष्णु लीला सप्लायर्स गोदाममा सोमबार छापा मारी कार्यालयले चाउचाउ बिक्री वितरण बन्द गराएको हो। नापतौलका क्षेत्रीय प्रमुख शशिभुषण यादवका अनुसार रुची चाउचाउको ७५ ग्राम तौल उल्लेखित प्याकेटमा चार ग्रामसम्म कम तौल भेटिएपछि गोदाममा छापा मारिएको हो।अनुसन्धान नसकिएसम्मका लागि बिक्री वितरण गर्न बन्देज लगाइएको उनको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस