एनआरएनए अध्यक्ष र काठमाडौं महानगरपालिका-१४ का अध्यक्षबीच भेट

५ फाल्गुन २०७७, बुधबार २१:१४ मा प्रकाशित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष, कुमार पन्त, र काठमाण्डौं महानगरपालीका – १४ का अध्यक्ष, शोभा सापकोटाबीच संघले कलङकी चोकमा निर्माण गर्न लागेको आधुनिक सार्वजनिक शौचालयका बिषयमा छलफल भयो ।

अध्यक्ष पन्तले सार्वजनिक शौचालय निर्माण जस्तो अति आवश्यक कार्यमा समेत स्थानियले अवरोध पुराएको र राजनीतिकरण गरेकोमा खेद प्रकट गर्दै सबै स्थानियहरु बीच सहमति भई वडा कार्यालय माफर्त शौचलाय निर्माणको लागि लिखित प्रतिवद्धता प्राप्त नभए सम्म संघले शौचालय अन्य वडामा निर्माण गर्ने बताउँदै यसै बैठकबाट प्रतिवद्धता व्यक्त गर्न अनुरोध गर्नु भयो ।

अध्यक्ष पन्तले शौचालय निर्माण गर्न गाह्रो काम नभएता पनि त्यसको व्यवस्थापन र अन्तर्राष्ट्रिय स्तरमा संचालन गर्न चुनौतिपूर्ण रहेकोले पांच बर्ष सम्म संघले व्यव्स्थापन र संचालन गर्न लागेको जानकारी गराउनु भयो

यस अवसरमा वडा अध्यक्षले मानिसहरु खाना नभए पनि केहि क्षण प्रतिक्षा गर्न सक्छन् तर शौच आएमा त्यसको तुरुन्त समाधान गर्न पर्ने भएकोले यस महान र नमूना कार्यमा कसैले पनि विरोध गर्न नहुने र यस कार्य छिटो सम्पन्न गर्न वडा कार्यालय प्रतिवद्ध रहेको र सम्पूर्ण वडा बासीहरु एक ढिक्का भई समन्वय र सहयोग गर्ने प्रण समेत गर्नु भयो । उहांले शोचालय निर्माण गर्न वडा न. १४ छनोट गरेकामा संघलाई धन्यवाद व्यक्त गर्दै सबै अधिकारिक कामको जिम्मा वडाले लिने जानकारी गराउनु भयो ।

छलफलमा संघका उपध्यक्ष डा. बद्री केसी, परियोजनका सल्लाहाकार ईन्जिनियर अमन मास्के र कार्यकारी निर्देशकका साथै वडाका जन प्रतिनिधिहरु तथा स्थानिय बासीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय

पोल्याण्ड । एनआरएनए पोल्याण्डको २०२१-२०२३ को लागि पंजीकृत सदस्यता शुल्कमा पुनर्विचार गर्दे घटाएको छ। एनआरएनए पोल्याण्डका महासचिव कविन्द्र सुवेदी “अन्य

पोल्याण्ड । प्रवासी नेपाली मञ्च पोल्याण्डले गैरआवासीय नेपाली संघ पोल्याण्डको पंञ्जीकृत सदस्यता शुल्क घटाउन माग गरेको छ। प्रवासी नेपाली मञ्च