कांग्रसभित्र उठ्यो राष्ट्रियता जगाउने आवाज

१८ भाद्र २०६९, सोमबार १२:४६ मा प्रकाशित


काठमाडौ, १८ भदौ । राष्ट्रियताको सवालमा कमजोर धरातल रहेको पार्टीका रुपमा विशेषगरी कम्युनिष्टहरुबाट आरोपित तुल्याइंदै आएको नेपाली कांग्रेस पार्टीमा राष्ट्रियताको मुद्दा चर्को रूपमा उठेको छ । आइतबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा राष्ट्रियताको मुद्दामा पार्टी फितलो रुपमा प्रसतुत हुंदै आएकोले अब ठोस नीति बनाएर अघि बढ्नुपर्ने आवाज युवा नेताहरुले जमेर उठाएका थिए । संघीयताबारे भारतले आवश्यकभन्दा बढी चासो राख्दै आएको र आफ्नो समर्थन खोज्दै दिल्ली दौडाह गरिरहेका नेताहरूप्रति संकेत गर्दै केन्द्रिय सदस्यहरूले राष्ट्रियता कमजोर भएको निष्कर्ष निकालेका हुन् । कांग्रेस नेताहरुले प्रधानमन्त्री बाबुराम भट्टराईको झुकाव दक्षिणी छिमेकीप्रति बढेको र भारतअनुकूल गतिविधिका कारण राष्ट्रियताको मुद्दा कमजोर भएकोले अब कांग्रेसकै अगुवाइमा यो मुद्दा उठाउनुपर्ने तर्क गरे ।

केन्द्रीय सदस्य रामकुमार चौधरीले मधेसमा दुइटा प्रदेश मात्रै बनाउने भन्नेहरुले पहाडमा पांच प्रदेश हुनुपर्ने कुरा गर्नुलाई गम्भीर रुपमा लिइनु पर्ने धारणा प्रस्तुत गरेपछि बैठकले गम्भीर मोड लिएको थियो । उनले ‘म पनि मधेसी हुँ तर मधेसमा दुइटा मात्रै प्रदेश हुनुपर्छ भन्ने त्यही शक्तिले किन पहाडमा पाँच प्रदेश हुनुपर्छ भनिरहेको छ ? यसलाई हामीले गम्भीर रूपमा बुझ्नुपर्छ’ भन्दै बीपी कोइराला पनि भारतसँग कुरा नमिलेकै कारण मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गराएका थिए । राष्ट्रियताकै बारे कुरा नमिलेर बीपी मेलमिलाप नीति लिएर फर्कनुभएको थियो भन्दै उनले एक्लिए एक्लिन्छ तर राष्ट्रियताको कुरा पार्टीले छाड्न हुँदैन भने ।
गत महिना बाह्रबिसेमा सम्पन्न कांग्रेस जिल्ला सभापतिहरूको भेलाले समेत राष्ट्रियतामाथि खतरा उत्पन्न भएको निष्कर्ष निकालेको थियो । कांग्रेस सभापति सुशील कोइरालाले आन्तरिक बैठक र दलहरूबीचको वार्तामा समेत तत्काल सहमति गरी निकास नदिए बाह्य हस्तक्षेप बढ्न सक्ने खतरा औंल्याउँदै आएका छन् ।
आइतबारको बैठकमा केन्द्रीय सदस्य धनराज गुरुङले समस्याको समाधान नेपाली राजनीतिक दलहरूमाझ नभएर दिल्लीतिर खोज्ने परम्परा बस्न थालेको भन्दै इतिहासमै यतिबेला राष्ट्रियता सबभन्दा कमजोर अवस्थामा पुगेको बताए । ुहालका प्रधानमन्त्रीलाई विदेशीले नै बनाएको उनले दाबी गरे । भट्टराईले यतिबेला विदेशीकै चाकडीमा लागेर सत्ता टिकाउन खोजिरहेका छन् भन्दै नेता गुरुङले नेपालको सार्वभौमसत्ता नै विदेशबाट सञ्चालन गराउनमा प्रधानमन्त्री लागिरहेबाट हाम्रो राष्ट्रियता कति कमजोर छ भन्ने कुरा छर्लंग रहेको औंल्याए ।
कांग्रेस केन्द्रीय सदस्य गगन थापाले नेपाली माओवादी र भारतबीचको सम्बन्धबारे सार्वजनिक तथ्यहरूले माओवादीको उत्पत्ति केका लागि भएको थियो भन्ने खोजिनु पर्ने बताए । माओवादी मात्रै झुकेको नभई माओवादीका कारणले मुलुकलाई झुकाउने काम भएको छ भन्दै उनले यस्ता तथ्यलाई लिएर कांग्रेसले पार्टीभित्र र वार्तामा छलफल गर्नुपर्ने उल्लेख गरे। केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली र भीष्म आङदम्बेलगायत नेताहरूले पनि पार्टीले राष्ट्रियताको मुद्दालाई गम्भीर रूपमा उठाउनु पर्ने बताउंदै राष्ट्रिय मुद्दामा विशेष अडान लिनुपर्ने सुझाव दिए । कांग्रेसको आगामी बुधबार बस्ने बैठकमा पनि राष्ट्रियताबारेको मुद्दामा थप आवाज उठ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न