कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

फागुन मसान्त भित्र नेपाली कांग्रेसको महाधिवेशन नसकिए संविधानले दिएको ६ महिने प्रावधान अनुसार भदौसम्म म्याद थप गर्न सकिन्छ । भदौ उता पनि महाधिवेशन भएन भने कांग्रेसको वैधानिकता सकिने भएकाले वुधबारको बैठकमा महाधिवेशनको मिति तोक्ने गरि छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
५ फाल्गुन २०७७, बुधबार १०:०६ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्दैछ । १४ औं महाधिवेशनबारे नयाँ मितिबारे छलफल गर्न कांग्रेसको केन्द्रीय समितिको बैठक बस्न लागेको हो । आगामी सात गतेदेखि शुरु हुनुपर्ने महाधिवेशन हुने सम्भावना सकिए पनि अझैं कांग्रेसले महाधिवेशनको नयाँ मिति तय गर्न सकेको छैन ।

फागुन मसान्त भित्र नेपाली कांग्रेसको महाधिवेशन नसकिए संविधानले दिएको ६ महिने प्रावधान अनुसार भदौसम्म म्याद थप गर्न सकिन्छ । भदौ उता पनि महाधिवेशन भएन भने कांग्रेसको वैधानिकता सकिने भएकाले वुधबारको बैठकमा महाधिवेशनको मिति तोक्ने गरि छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रतिनिधि सभा विघटन सम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि मात्रै राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि नयाँ मिति तय गर्ने अथवा अगाडि नै तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने उनले बताए ।

कांग्रेसमा रहेका गुट अनुसार पनि अहिले महाधिवेशनको मिति तोक्ने या नतोक्ने भन्नेमा विवाद रहेको छ । संस्थापन पक्ष अदालतको निर्णयपछि मात्रै मिति तोक्नु पर्ने बताउँदै आएको छ भने रामचन्द्र पौडेल पक्ष भने महाधिवेशनको मिति तोकेर अघि बढ्नु पर्ने पक्षमा अडिग रहेको छ ।

बैठकमा पार्टीको आन्तरिक समस्या, क्रियाशिल सदस्यता वितरण लगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार