माओवादीले वाइसीएललाई आर्थिक प्याकेज दिन समिति बनायो

३ चैत्र २०६८, शुक्रबार २२:२९ मा प्रकाशित

काठमाडौ, ४ चैत । माओवादीले लडाकुबाट वाईसीएलमा आएका लडाकुलाई आर्थिक प्याकेज दिन समिति बनाएको छ । माओवादी लडाकु कमान्डर र वाईसीएल नेताहरुको बैठकले आर्थिक प्याकेज वितरण गर्न समिति बनाएको हो ।

आर्थिक प्याकेज तय गर्ने समितिमा लडाकु डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल, वाईसीएल संयोजक गणेशमान पुन र सभासद् उमा भुजेल रहेका छन् ।  लडाकुबाट वाईसीएलमा तानिएका लडाकुको एकिन संख्या निकाली आर्थिक प्याकेज दिनेबारे समितिले काम गर्नेछ ।

शान्ति प्रक्रियामा आएपछि लडाकुबाट वाइसीएलमा करिब तीन हजार लडाकू तानिए पनि हाल २१ सय लडाकूको मात्र तथ्याङ्क संकलन भएको छ । लडाकुहरुको संख्या एकिन गरी राहतका लागि सिफारिस गर्ने समितिका चन्द्रप्रकाश खनालले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न