अमेरिकामा हिमआँधी : करीब २३ को मृत्यु, टेक्सासमा आपतकाल घोषणा

टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ । नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको छ । तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ । सुपरमार्केटहरूमा मानिसको भीड लाग्न थालेको छ ।
५ फाल्गुन २०७७, बुधबार ०८:५२ मा प्रकाशित

टेक्सास । अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीमा परि २३ जनाको मृत्यु भएको छ । टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन् । हिमआँधीका कारण कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ । यसको असर आइतबारसम्म रहने त्यहाँका मौसमबिदहरुले बताइएका छन् ।

टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ । नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको छ । तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ । सुपरमार्केटहरूमा मानिसको भीड लाग्न थालेको छ ।

केही राज्यहका विद्यालयहरू बन्द गरिएका छन् । हिमआँधीको असर छिमेकी मेक्सिकोमा पनि देखिएको छ । त्यहाँका विभिन्न राज्यहरूमा पनि बिद्युत सेवा अवरूद्ध भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन् । उनले टेक्सासमा आपतकाल घोषणा गरेका छन् । अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार अहिले देशको ७३ प्रतिशत भाग हिउँले ढाकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । नेपालमा आइतबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

३९औं मगर स्थापना दिवसको अवसरमा मगर संघ बागलुङ नगर समितिले बागलुङ बजारमा निकालेको -यालीमा सहभागीहरु । तस्वीर: खेमराज गौतम