सन्तानले हेला गरेपछि पेट चिरेर आत्महत्याको प्रयास

१८ भाद्र २०६९, सोमबार ०६:२० मा प्रकाशित

काठमाडौं, १८ भदौ । आफ्ना सन्तानले बुढेसकालमा पालनपोषण नगरेपछि चित्त दुखाउंदै बाग्लुङका एक वृद्धले आत्महत्याको प्रयास गरेका छन्। श्रीमती गुमाइसकेका बुर्तिवाङ २ शेराका ६४ वर्षीय काशिराम महतले एक्लो जीवन जिउन गाह्रो भएको भन्दै आइतबार आत्महत्याको प्रयास गरेका बताइएको छ। महतले ब्लेडले आफ्नै पेट चिरेर आत्महत्याको प्रयास गरेको ईलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ।
छोराले बेवास्ता गरेपछि बुढेसकालमा हेरचाह गर्ने कोही नभएको भन्दै वृद्ध काशीरामले दारी काट्ने ब्लेडले पेट चिरेको प्रहरी निरिक्षक दुर्गा बहादुर श्रेष्ठले बताए। सन्तानले हेला गरेकाले बाच्ने मन नभएर ब्लेडले पेट चिरेर मर्ने तयारी गरेको हुं भन्ने बयान वृद्धले दिएको प्रहरीले जनायो । घाइते महतको पेटमा करिब २२ टाँका लगाइएको छ।
महतका एक छोरा तराई तिर बसाई सरेका छन्। एक छोरी भारत पलायन भएको र अर्की छोरीको बिहे भएपछि एक्ला थिए। अहिले आफन्तकोमा बस्दै आएका थिए। फोक्सो र कलेजोको समस्याबाबाट पीडित महत आफ्नै छोराबाट सहयोग नपाएपछि निकै तनाबमा थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो