‘प्रधानमन्त्रीको नियत खराब देखियो’

संसद र सरकार असफल भएको अवस्थामा मात्रै संसद विघटन गर्न सकिने भन्दै उनले प्रधानमन्त्री ओलीको नियतमै खोट रहेको धारणा राखे । निर्वाचनमार्फत जनताबाट चुनिएका प्रतिनिधिबाट संसद बनेको र त्यही संसदले प्रधानमन्त्री बनाएको भन्दै प्रधानमन्त्री संसदप्रति जबाफदेही बन्नुपर्ने उनको भनाई थियो ।
४ फाल्गुन २०७७, मंगलवार १७:१४ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरी (अदालतका सहयोगी) तोकिएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले गलत इन्टेनसले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

संसद र सरकार असफल भएको अवस्थामा मात्रै संसद विघटन गर्न सकिने भन्दै उनले प्रधानमन्त्री ओलीको नियतमै खोट रहेको धारणा राखे । निर्वाचनमार्फत जनताबाट चुनिएका प्रतिनिधिबाट संसद बनेको र त्यही संसदले प्रधानमन्त्री बनाएको भन्दै प्रधानमन्त्री संसदप्रति जबाफदेही बन्नुपर्ने उनको भनाई थियो । ‘प्रधानमन्त्री ओलीले पार्टीको झगडाको विषयमा संसद विघटन गरेको उनले बताए । पार्टीको विवादका कारण संसद विघटन गरिएको र यसैकारण प्रधानमन्त्रीले गैरसंवैधानिक कार्य गरेको देखिएको उनको भनाई थियो ।

विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा एमिकस क्युरीले मंगलबारदेखि राय दिन थालेको हो । नेपाल बारको रिफारिसमा एमिकस क्युरी चयन भएका वरिष्ठ अधिवक्ता कार्कीले राय दिएका हुन् । बुधबारदेखि बाँकी ४ जनाले क्रमशः राय दिनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार